समाजसेवी अमृत गुरुङको जन्मोत्सव मानवसेवा आश्रममा

पाेखरा | मंसिर ११, २०८०

समाजसेवी अमृत गुरुङको जन्मोत्सव मानवसेवा आश्रममा

पोखरा:    लामा अमृत फाउण्डेशन घान्द्रुकका सस्थापक अमृत गुरुङले आफ्नो जन्मोत्सव वृद्धा आश्रम, मानवसेवा आश्रम छोरेपाटन र मृगौला पीडितलाई सहयोग गरेर मनाएका छन् । 


गुरुङले आफ्नो जन्मोत्सव पोखरा महानगरपालिका १७ छोरेपाटनस्थित मानवसेवा आश्रम र सीता पाइलास्थितको वृद्धाआश्रम र मृगौला पीडित नरबहादुर तामाङलाई खाद्यान्नका सामाग्री लगायत अन्य दैनिक उपभोग्य सामग्री सहयोग गरेर जन्मोत्सव मनाएका हुन् ।


खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीहरु हस्तान्तरण गर्दै लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले आफ्नो जन्मोत्सवमा आर्शिवाद लिन वृद्धाश्रम, मानवसेवा आश्रम पुगेको बाताए । 


‘आजभोलि जन्मदिनमा फजुल खर्च गर्ने प्रचलन बढ्दो छ । साथीभाईहरुसँग भेटघाटमा रमाइलो हुन्छ’, गुुरुङले भने, ‘जन्मदिनमा बाहिर गर्ने फजुल खर्च भन्दा कुनै सामाजिक सेवामा खर्च गर्न पाए शान्ति मिल्छ । त्यसैले यहाँहरुसँग आर्शिवाद लिन यहाँ आएको हुँ ।’

मृगौला पीडित नरबहादुर तामाङलाई खाद्यान्न हस्तान्तरण गर्दै अमृत गुरुङ


उनले युवा पुस्तालाई सन्देश दिने उद्देश्यले जन्मोत्सव आश्रममा मनाएको बताए । ‘यो मेरो सहयोग भन्दापनि सन्देश हो, उनले भने,‘भोज गरेर खर्च गर्नुको सट्टा असहायको साहरा बन्न सक्नुपर्छ भन्ने हेतुले हरेक वर्ष मैले यसरी नै जन्मोत्सव मनाउने गर्दछु ।’ हरेकवर्ष आफ्नो जन्मोत्सव वृद्धाश्रम, मानवसेवा आश्रम र मृगौला पीडितलाई सहयोग गरेर मनाउदै आएको बताउँदै यसपटक पनि सोही कार्यलाई निरन्तरता दिएको गुरुङले जानकारी दिए ।


युवा व्यवसायी तथा समाजसेवी गुरुङले सामाजिक सेवासँगै खेलकुद विकासको क्षेत्रमा समेत काम गर्दै आएका छन् । 


गुरुङले सहयोग गरेको मानवसेवा आश्रम छोरपाटनमा ६७ जना र सीता पाइलास्थित पोखरा वृद्धाश्रममा ५७ जना आश्रित छन् । सोही अवसरमा उनले पोखरा १४ का मृगौलापीडित नरबहादुर तामाङको परिवारलाई समेत खाद्यान्न तथा दैनिक उपभोग्य सामान सहयोग गरेका थिए । 


 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्